अप्पर तामाकोशीको साधारण सभा सम्पन्न, शतप्रतिशत हकप्रद प्रस्ताव पारित

३ भाद्र २०७९, शुक्रबार १४:५९

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कम्पनीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त सभाले कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साथै आर्थिक वर्ष २०७७।७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८।७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै सोही सभाले कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गरेको छ । .कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको थिएन । यसर्थ यसपटक कम्पनीका शेयरधनीहरुको हात रित्तो भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*