अपर तामाकोशीको साधारण सभामा सञ्चालक बैठक भत्ताको विषयमा होहल्ला, झगडा (भिडियोसहित)

५ भाद्र २०७९, आईतवार ०९:२५

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कम्पनीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त सभामा कम्पनीका शेयरधनीहरु र संचालक समितिबीच संचालक समितिको भत्ताको विषयमा विवाद भएको छ । कम्पनीका अध्यक्ष कुलमान घिसिङले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरेपश्चात् संचालक समितिको बैठक भत्ताको विषयमा बैठक भत्ता बढाउने विषयलाई लिएर कम्पनीका शेयरधनीहरु एकाएक तात्तिएका हुन् ।

सभामा संचालक समितिको बैठक भत्ता ४ हजार रुपैयाँबाट कति बढाउने भनि गरिएको छलफलमा संचालक र शेयरधनीहरुबीच कुरा नमिल्दा होहल्ला मच्चिएको हो । निकै बेरपछि सहमतिअनुसार संचालक समितिको बैठक भत्ता एक हजार रुपैयाँ बढाएर ५ हजार रुपैयाँ पुर्याइएको छ ।

आज सम्पन्न भएको उक्त सभाले चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साथै आर्थिक वर्ष २०७७।७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८।७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै सोही सभाले कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गरेको छ । .कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको थिएन । यसर्थ यसपटक कम्पनीका शेयरधनीहरुको हात रित्तो भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*