मेरो शेयरको साइटमा समस्या, आइपीओ भर्ने कार्य प्रभावित

५ भाद्र २०७९, आईतवार ११:३२

काठमाडौं । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयरको वेबसाइटमा समस्या देखिएको छ । मेरो शेयरको युजरनेम र पासवर्ड राख्दा लगइन नहुने समस्याले लगानीकर्ताहरुले सास्ती भोग्नु परेको छ ।

सिडिएसले बिहिबार एक सूचना जारी गर्दै सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेका डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएको भन्दै बिहिबार साँझ साढे ५ बजेदेखि एकदिनसम्म सिडीएसका सम्पूर्ण सेवाहरु नचल्ने जनाएको थियो ।

एक दिन वितिसक्दा पनि मेरो शेयरको साइटमा अझै समस्या देखिँदा लगानीकर्ताहरुले धितोपत्रमा आवेदन दिन पाएका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*