बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद आजदेखि निष्काशन

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले आज (भदौ ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले साउन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि आज शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको हो ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।













