प्रभु क्यापिटलले ल्यायो हितग्राहीका लागि विशेष अफर

६ भाद्र २०७९, सोमबार १०:४१

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । क्यापिटलले भदौ १ गतेका दिन प्रभु TRANQUILITY SPA सँग सम्झौता गरेको छ । यस अफर अन्र्तगत अब प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा Prabhu Capital’s Digital APP Download गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक।कनेक्ट गर्नुपर्छ । हितग्राहीले CHECK OUT ⁄ BILL PAYMENT गर्दा प्रभु क्यापिटलको Mobile App मा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । TRANQUILITY SPA को रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ ।

असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् । यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ ।

नेपाली पूँजी बजारमा भिडियो केवाइसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*