लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

६ भाद्र २०७९, सोमबार १३:०२

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको । बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

लुम्बिनी विकास बैंकले ११ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘एलबीबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन पेश गरेको हो ।

बोर्डबाट अनुमति पाएपश्चात् बैंकले कुल एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*