बैंकहरुलाई मर्जर वा एक्वीजिशनमा जान राष्ट्र बैंकको दबाब, पुस मसान्त समयसीमा पालना गर्न आग्रह

६ भाद्र २०७९, सोमबार १४:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर वा एक्वीजिशनमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरुलाई बोलाएर मर्जरमा जाने सम्झौता गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एनसीसी, कुमारी, सनराइज ,सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे र सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने सम्झौता गर्न आग्रह गरेका छन् ।

राष्ट्र बैंकले बैंकका प्रतिनिधीलाई बोलाएर मर्जरमा जाने सम्झौता गर्न आग्रह गरेको हो । पाँच महिनाभित्रै यी बैंकहरुलाई मर्जरमा जानलाई तयारी गर्न राष्ट्र बैंकले आग्रह गरेका छन्।राष्ट्र बैंकले मर्जरमा जानेहरुलाई असार मसान्तको समयसम्म नगए सुविधा काट्ने जनाएको थियो। अहिलो उक्त सुविधा पुस मसान्तसम्म पाउने गरी समय थप भइसकेको छ।

नेपाल राष्ट्र बैंकले गतवर्ष मौद्रिक नीति सार्वजनिक गर्दै बिग मर्जरमा जाने बैंकहरूलाई दिने छुट सुविधा सार्वजनिक गरेको थियो।राष्ट्र बैंकले यही आर्थिक वर्षभित्र वाणिज्य बैंकहरू गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान व्यवस्थाको अतिरिक्त थप सुविधा तथा छुट २०७९ असार मसान्तसम्म प्रदान गरिने उल्लेख गरेको थियो। अहिले पुस मसान्तसम्म पुयाइएको छ।

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनाउनुपर्ने निष्कर्ष निकालेको थियो।
उक्त अध्ययन अनुसार नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने निष्कर्ष निकालेको थियो । हाल नेपालमा २७ वटा वाणिज्य बैंकहरू छन्। अहिलेको धमाधम सम्झौताले असार मसान्तमभित्रै २७ बाट २० वटामा झर्ने देखिएको छ।

सम्झौता गरेर बसेका मेगा, एनबी र बैंक अफ काठमाण्डू घटेसँगै २३ बैंकमा झर्ने निश्चित भएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले १५ वटाभन्दा बढी बैंक नचाहिने निष्कर्ष निकालेको थियो।एनसीसीसी बैंकले मर्जरको लागि अन्तिम चरणमा नपुगीसकेको छलफलको क्रममा रहेको एक संचालकले बताएका छन् । राष्ट्र बैंकको ताकेताले मर्जरमा नजाने अडान लिएको सानिमा बैंकलाई आफ्ठेरो पर्ने देखिएको छ।बाँकि अन्य बैंकहरु पनि उपयुक्त पार्टनर खोज्नको लागि छलफलको क्रममा जुटेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*