बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

७ भाद्र २०७९, मंगलवार १०:११

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आज (भदौ ७ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ ।

बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘बिओके डिबेन्चर, २०८६ (क)’ निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात ४४ करोड रुपैयाँ बराबरको ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*