बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा आकर्षण छुट

७ भाद्र २०७९, मंगलवार १७:३१

काठमाण्डौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा विभिन्न प्रकारका आकर्षण छुट पाउने भएका छन् ।

बैंकका ग्राहकले आफ्नो डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १२ प्रतिश छुट उपलब्ध गराउने सम्झौता भएको छ।

यस सम्झौतापश्चात बैंकका ग्राहकले ललितपुरको महालक्ष्मीस्थानस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १२ प्रतिशत छुट पाउनेछन्। यो छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*