धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, करिब ३१ हजारले शेयर प्राप्त गर्दा ५ जना भाग्यमानीले पाए ११ कित्ता

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ बिक्रि प्रबन्धक सनराईज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड भएको हो ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरि भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्रि गरिएको थियो ।
अन्तिम दिनसम्म १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन लागि आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको हो ।
संस्थाको आईपीओमा आवेदन दिनेहरु मध्य भाग्यमानी ३० हजार ९ सय २९ जनाले मात्र सेयर प्राप्त गरेका छन् । सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् ।













