भदौ महिनाभित्र मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा १ लाख रुपैयाँको बीमा सुविधा

८ भाद्र २०७९, बुधबार ११:५५

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत भदौ महिनाभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीले विभिन्न सुविधा पाउनेछन् । बैंकका अनुसार उक्त खाता खोल्ने महिलाले एक लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बीमा सुविधा पाउनेछन् ।

साथै, यसका अलवा निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ट्रानक्विलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउने छन् । यो छुट २०७९ भदौसम्मको लागि मात्र कायम हुने बैंकले जनाएको छ ।

यो योजनामा शर्तहरु लागु हुने भएकाले थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ । साथै, यो योजनाले नारीहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*