प्रभु बैंकको नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
८ भाद्र २०७९, बुधबार १३:३७

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सुर्खेतको होटेल भ्याली भ्युमा भदौ ६ गतेका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्याउनु सो कार्यक्रमको लक्ष्य रहेको छ ।
भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका सुनिल राना लगायत कर्णाली प्रदेश अन्तर्गतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।













