नबिल बैंकको न्युरोड शाखा रहेको भवन भत्काउन मेयर साहको निर्देशन

८ भाद्र २०७९, बुधबार १६:११

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नबिल बैंक लिमिटेडको न्युरोड शाखा कार्यालय तत्कालै भत्काउन दिर्नेशन दिएका छन् ।

नबिल बैंकको न्युरोड शाखा कार्यालय रहेको भवन नक्सापास विपरीत बेसमेन्टमा रहेको देखिएपछि मेयर साहले उक्त भवन भत्काउन निर्देशन दिएको हो । न्युरोडमा अवैधानिक रुपमा बनेका संरचना हटाउने र निरीक्षण गर्ने क्रममा नक्सापास विपरीत बेसमेन्टमा नबिल बैंकको उक्त शाखा समेत देखेपछि मेयर साहले कार्यालय हटाउन निर्देशन दिएका हुन् ।

काठमाडौं महानरपालिकाले आज सुन्धारास्थित काठमाडौं मल भवन हालसम्म पनि नक्सापास नभएको पाएपछि भत्काएको छ । कर्मचारी सञ्चय कोषले व्यापारिक भवन ‘काठमाडौं मल’ बनाउँदा नक्सापास नगरेको भेटिएपछि महानगरपालिकाले उक्त कदम चालेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*