कुमारी बैंकलाई ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले १० (दश) वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको ‘११% केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।
सो पश्चात् अब बैंकले १००० रूपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । यस ऋणपत्र निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्ता ऋणपत्रमध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको ५% अर्थात् ६०,००० कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सोलाई समानुपातिक आधारमा बाँडफाँड गरिएको छ ।













