एनएमबि क्यापिटलद्धारा दुई म्युचुअल फण्डको लाभांश सम्बन्धित इकाईधनीको खातामा जम्मा
९ भाद्र २०७९, बिहीबार ११:०२

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीका इकाईधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
यी दुई फण्डरुले आर्थिक वर्ष २०७८।०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशतका दरले योजनाको प्रतिफल (नगद लाभांश) सम्बन्धित इकाईधनीहरुको बैंक खातामा आजदेखि जम्मा गर्न सुरु गरेको हो ।
हालसम्म् पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भइ नसकेका इकाईधनीहरुलले एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो खाता नम्बर अद्यावधिक गराउन क्यापिटलले आग्रह गरेको छ ।













