स्ट्याण्डर्ड चार्टर्ड बैंकको आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला

२६ माघ २०७९, बिहीबार १०:४५

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०।३० प्रतिशत ब्याजदर भएको ‘१०।३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो।

त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपूँजी रकम सर्वसाधारणको लागि निष्काशन गरिने बैंकले जनाएको छ।

सर्वसाधारणको लागि छुट्टाएको ९ लाख ६० कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लागनी कोषको लागि बाँडफाँट गरिएको छ।

सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशन छिटोमा फागुन १ गते बन्द हुनेछ। त्यस अवधिमा माग अनुसार पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि फागुन ११ गतेसम्म लम्बिनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*