रिडी पावर कम्पनीको विद्यूत बिक्री आम्दानी साढे १८ करोड, नाफा र इपीएस कति ?

काठमाडौं । रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ९५.८० प्रतिशतले कम हो ।
गत वर्ष यसले ४६ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा अन्य आम्दानी ९९.१४% ले घट्दा खुद नाफा प्रभावित हुन पुगेको हो । यता, कम्पनीको एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी भने ७ करोड ३५ लाख रुपैयाँबाट बढेर १८ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा ५० करोड २५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५६ पैसा (बार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४३ पैसा छ ।












