बैंक र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२६ माघ २०७९, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से सूचक आज १२.४३ अंकले बढेर २१८२ को विन्दुमा कायम भएको छ ।
आज शेयरबजार बढेपनि कारोबार रकम भने घट्न पुगेको छ । आज शेयरबजारमा २ अर्ब ६ करोडमाथिको कारोबार हुँदा सर्वाधिक अपि पावर कम्पनीको ५ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ५ करोड ७३ लाख, ङादी ग्रुप पावरको ५ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ८६ लाख र रिडी पावरको ४ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













