नेप्सेमा झिनो अंकको सुधार, १२ उपसूचकमा छायो हरियाली
२६ माघ २०७९, बिहीबार १५:१७

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से सूचक आज १२.४३ अंकले बढेर २१८२ को विन्दुमा कायम भएको छ ।
प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज हुनेबेला सम्म १२.४३ अंकले बढेर २१८२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचमध्ये आज म्युचुअल फण्ड सूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक विकास बैंक सूचक १.४६ प्रतिशतले बढेको छ ।












