शुभम पावरको आईपिओ बाँडफाँड, ४८ हजार बढीले पाए १० कित्ता शेयर

काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । आज बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपिओ बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जसमा ४८ हजार १ सय ८८ जनाले शेयर पाएका छन् । ति मध्ये २ जनाले ११ कितात शेयर पाएका छन् भने बाँकि ४८ हजार १ सय ८६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।












