चन्द्रागिरी हिल्स नाफामा, इपीएस समेत बढ्यो

२७ माघ २०७९, शुक्रबार १०:०६

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा उल्लेख्य बढ्न पुगेको देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

आन्तरिक पर्यटकहरुको भ्रमणमा वृद्धिका कारण कम्पनीको आर्थिक क्रियाकलाप बढेका कारण कम्पनीको व्यापार व्यवसायमा बृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१.१३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ५१.०१ प्रतिशत बढेको छ भने अन्य आम्दानी १३९.९१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७६ पैसा ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ६ रुपैयाँ ७१ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९४.३३ गुणा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*