हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२९ माघ २०७९, आईतवार १५:०४

काठमाडौं । साताको पहिलो शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१ को विन्दुमा कायम भएको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने सन्तोषजनक रहेको छ । शेयरबजारमा आज ३ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक हिमालयन डिष्टिलरीको १४ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै,ङादी ग्रुप पावरको ११ करोड २९ लाख, अपि पावरको ७ करोड ८० लाख, अपर तामाकोशीको ७ करोड ७६ लाख र एनआइसी एशिया बैंकको ७ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













