शेयरबजारमा भारि गिरावट, १३ वटै इन्डेक्स राताम्य हुँदा लगानीकर्ताको शेयर खरिद माग बढ्यो
२९ माघ २०७९, आईतवार १५:१२

काठमाडौं । उतारचढावकाबीच साताको पहिलो शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१ को विन्दुमा कायम भएको छ ।
बैंकहरुले माघ महिनाकै ब्याजदर यथावत् राखेर फागुन महिनाका लागि आज सार्वजनिक गरेसँगै शेयरबजार घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक आज फाइनान्स उपसूचक ४.७० प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक ४.०९ प्रतिशतले घट्न पुगेको छ । शेयरबजारमा भारि गिरावट आएसँगै लगानीकर्ताहरुले धमाधम शेयर खरिद माग गरेसँगै पनि आज कारोबार रकम बढ्न पुगेको हो ।












