यी हुन आज सर्वाधिक गुमाउने कम्पनीहरु
२ फाल्गुन २०७९, मंगलवार १५:१२

काठमाडौं । कारोबार साताको तेस्रो दित अर्थात मंगलबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६ दशमलव ४० को अंकले घटेर २१०५ को विन्दुमा कायम भएको छ । शेयर बजारको यात्रा ओरालो लागेसँगै धैरै चर्चित कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
आज बाराहि हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ७ प्रतिशतले सबैभन्दा बढी घटेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त, सामुदायिक लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको छ ।













