अपर तामाकोशी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
१७ फाल्गुन २०७९, बुधबार १५:०४

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेसूचक आज २४.४४ अंकले घटेर १९९५ को विन्दुमा कायम हुन पुगेको छ ।
आज बजार घट्दा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक अपर तामाकोशीको ८ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न अनुमति पाएसँगै लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् ।
साथै शिवम् सिमेन्ट्सको ८ करोड ४० लाख, हिमालयन डिष्टिलरीको ३ करोड ३६ लाख, एनआइसी एशिया बैंकको ३ करोड २४ लाख र युनिभर्सल पावर कम्पनीको ३ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













