दोहोरो अंकले घट्यो शेयरबजार, सबै उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित
१७ फाल्गुन २०७९, बुधबार १५:१२

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेसूचक आज २४.४४ अंकले घटेर १९९५ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ। शेयरबजार घटेसँगै कारोबार रकम समेत घट्न पुगेको छ ।
नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक लघुवित्त उपसूचक २.६५ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक २.२८ प्रतिशतले घटेको छ ।












