बिपिडब्लु लघुवित्तको आईपीओ बिक्रि खुल्ला

काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि बिक्रि गदैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये ९ हजार ७ सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफँट गरिसकेको छ । त्यस्तै, १ हजार ५ सय कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा सर्वसाधारणले छिटोमा २३ गतेसम्म ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ।












