लिवर्टी इनर्जीले ७५ लाख कित्ता हकप्रद जारी गर्न पायो स्वीकृति
१८ फाल्गुन २०७९, बिहीबार १०:४६

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न स्वीकृत प्राप्त गरेको छ । नियमन निकाय विद्युत नियमन आयोगले सो कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो ।
कम्पनीले हालको कायम चुक्तापुँजी एक अर्ब ५० करोड रुपैयाँको ५०% हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । सो पश्चात् कम्पनीले अब आगामी वार्षिक साधारण सभामा उक्त विशेष प्रस्ताव लैजानेछ ।
साथै सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गर्नेछ । सेबोनबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीले ७५ लाख कित्ता हकप्रद जारी गर्नेछ ।












