यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१८ फाल्गुन २०७९, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २६ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजार घटेसँगै आज कारोबार रकम समेत घटेर १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ । सर्वाधिक आज हिमालयन डिष्टिलरीको ८ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ३ लाख, एनआइसी एशिया बैंकको ४ करोड ३७ लाख, नबिल बैंकको ३ करोड ८५ लाख र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*