सूचीकृतपश्चात् दुई हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा, कतिमा खुल्ला ?

८ चैत्र २०७९, बुधबार १०:३८

काठमाडौं । आजदेखि दुई वटा हाइड्रोपावर कम्पनीको शेयर कारोबार सुरु हुने भएको छ । सोमबार नेप्सेमा सूचीकृत भएका सुपरमाई हाइड्रोपावर र माया खोला हाइड्रोपावरको आइपीओ खाजदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ ।

सुपरमाई हाइड्रोपावरको आइपीओ आज ‘एसएमएच’ सिम्बोल र माया खोला हाइड्रोपावरको आइपीओ ‘एमकेएचसी’ सिम्बोलबाट सूचीकृत भएको हो ।
सुपरमाई हाइड्रोपावरको आइपीओ अंकित मूल्य १०० रुपैयाँ दरका कुल ५० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । त्यस्तै, माया खोला हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल एक करोड कित्ता आइपीओ सूचीकृत भएको हो ।

सुपरमाई हाइड्रोपावरको आइपीओले पहिलो कारोबारका लागि १३० रुपैयाँ ७६ पैसादेखि अधिकतम ३९२ रुपैयाँ २८ पैसा ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । त्यस्तै, माया खोला हाइड्रोपावरको आइपीओले पहिलो कारोबारको लागि ८८ रुपैयाँ ५३ पैसादेखि अधिकतम २६५ रुपैयाँ ५९ पैसा पाउने देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*