सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज (चैत १२) गते अन्तिम दिन रहेको छ । चैत्र ८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको कम्पनीको आइपीओमा आज बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको छ । जस मध्ये २ लाख १८ हजार ४ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीको लागी छुट्याईएको छ । बाँकि रहेका ३५ लाख ८१ हजार ७ सय ६० कितात शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।












