मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

१९ चैत्र २०७९, आईतवार १०:२३

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयरमध्ये ४ लाख ३५ हजार कित्ता शेयर चैत १७ गते बाँडफाँड भएको हो ।

वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि फागुन २५ गतेदेखि चैत ९ गतेसम्म आइपीओ निष्काशन गरेकोमा सो समयभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलार्य आइपीओ बाँडफाँड गरेको हो ।

आइपीओ बाँडफाँड सम्बन्धी विवरण हेर्न कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको वेबसाइट  https://www.sunrisecapital.com.np/ र सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*