सगरमाथा जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

२१ चैत्र २०७९, मंगलवार १०:५१

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । प्रभु क्यापिटल लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी बिच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि चैत्र २० गते शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । २०७९ चैत्र २० गतेदेखि लागू हुने गरी प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*