छ्याङ्दी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

२२ चैत्र २०७९, बुधबार १०:१२

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले चुक्तापुँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय नियामक निकायको निर्देशन अनुसार १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन तथा जारी गर्ने प्रस्ताव नियामक निकायबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभामा सो प्रस्ताव पेश गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*