सर्वसाधारणको लागि आजदेखि भुगोल इनर्जिको आईपीओ निष्काशन तथा बिक्री खुला

२३ चैत्र २०७९, बिहीबार १०:०३

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (चैत २३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ८ हजार ८११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयर बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा चैत २७ गते हुनेछ भने ढिलोमा २०८० वैशाख ७ गते हुनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*