धितोपत्र बोर्डको लाइसेन्स दिने नियमावली संशोधन विरुद्ध परेको रिट सर्वोच्च अदालतद्धारा खारेज ( पूर्णपाठ सहित)

२३ चैत्र २०७९, बिहीबार १२:१५

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेञ्ज, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने बाटो खुल्ला गरिदिएको छ । बोर्डले नयाँ स्टक एक्सचेञ्ज, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्देशन ऐन विपरित भएको भन्दै नियमावली संशोधन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर परेको थियो ।

आवेदन माग गरेपछि अधिवक्ता अमृत खरेलको वारेस भई इन्द्रबहादुर बानियाँले नयाँ स्टक एक्स्चेञ्ज र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका थिए । अदालतले पुस १३ गते उक्त रिट खारेज गर्ने आदेश दिएको थियो जसको पूर्णपाठ सार्वजनिक भएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको संवैधानिक इजलासले रिट निवेदन खारेज हुने फैसला गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*