घलेम्दी हाइड्रोपावरले डाक्यो साधारण सभा, १ः२ अनुपातमा हकप्रद निष्काशन गर्ने मुख्य प्रस्ताव

२४ चैत्र २०७९, शुक्रबार १०:२५

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले नवौं सभा वैशाख १६ गते सासा ब्याङ्क्वेट, नयाँबजार काठमाडौंमा बिहान १०ः३० बजे बस्नेगरी डाकेको हो ।

सो सभाले कम्पनीको १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गरी छुजुङ्ग खोला जलविद्युत आयोजनामा ६३ मेगावाट (पीआरओआर) लगानी गर्ने संचालक समितिको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै हकप्रद शेयर जारी गर्ने कार्य गर्दा नियमन आयो्ग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी संचालन समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको पुँजी बृद्धि गर्ने सम्बन्धीप् प्रस्ताव साधारण सभामा पेश गरिनेछ ।

यसका अलावा गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*