नेप्सेमा सानिमा मिडिल तमोरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२६ चैत्र २०७९, आईतवार १२:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘टिएएमओआर’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ३३ लाख २५ हजार कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ९८ रुपैयाँ ४३ पैसादेखि २९५ रुपैयाँ २९ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनकुनै कम्पनीको पहिलो कारोबारको लागि वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा ओपनिङ्ग मूल्य तोक्ने भएकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*