कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
२६ चैत्र २०७९, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेपनि केही कम्पनीहरुको शेयर भने बढेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा सर्किट लागेको छ । त्यस्तै, सानिमा ग्रोथ फण्डको ६.४६ प्रतिशत, बलेफी हाइड्रोपावरको ३.७७ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको २.१५ प्रतिशत र युनिलिभर नेपाल लिमिटेडको २ प्रतिशतले शेयरमूल्य बढेको छ ।













