हिमालयन उर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

२७ चैत्र २०७९, सोमबार १०:१६

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसअघि हाल कायम चुक्तापुँजीको १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरी स्वीकृतिको लागि विद्युत नियमन आयोगमा पेश गरेकोमा आयोगबाट १ः१ अनुपातमा मात्रै हकप्रद निष्काशनको अनुमति दिएको हो ।

सोही अनुसार कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*