शेयरबजारमा झिनो अंकको सुधार, १२ उपसूचकमा हरियाली छाउदा समेत कारोबार अर्बमुनि

२७ चैत्र २०७९, सोमबार १५:११

काठमाडौं । लगातार घटेको शेयरबजारमा आज झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ५.५४ अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सामान्य सुधार देखिएपनि आज कारोबार भने माथि उक्लिएको छैन । आज जम्मा ९१ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता शेयर किनबेच हुँदा ९१ करोडमाथिको कारोबार हुन पुगेको हो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज फाइनान्स उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज होटल तथा पर्यटन उपसूचकको १.७१ प्रतिशतले बढेको छ भने फाइनान्स इन्डेक्स ०.११ प्रतिशतले घट्न पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*