कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
२८ चैत्र २०७९, मंगलवार ११:०२

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३ हजार ८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले राजनप्रसाद अमात्यको नाममा रहेको २ लाख कित्ता र टिकाराम सापकोटाको नाममा रहेको ३ हजार ८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । यो सेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले नै खरिद आवेदन दिन पाउनेछन् ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय वा कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन् । तोकिएको अवधिमा खरिद आवेदन नपरेको खण्डमा यो शेयर प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।












