शेयरबजारमा हरियाली छाउदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२८ चैत्र २०७९, मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से बढेपनि कारोबारमा भने खासै उत्साह देखिएको छैन । आज शेयरबजारमा जम्मा ९४ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ५ करोड ३ लाख, प्रभु बैंकको ३ करोड १३ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ८ लाख रुपैयाँ र नबिल बैंकको २ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*