दोहोरो अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली छाउँदा कारोबार ९४ करोडमा सीमित
२८ चैत्र २०७९, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से बढेपनि कारोबारमा भने खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता शेयर किनबेच हुँदा जम्मा ९४ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन उपसूचक २.२८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, फाइनान्स उपसूचक २.४३ प्रतिशत र विकास बैंक उपसूचक २.३५ प्रतिशतले बृद्धि भएको छ ।












