फागुन मसान्तमा नेप्से १९५३.०६ कायम, बजार पुँजीकरण २८ खर्बमा सिमित

२८ चैत्र २०७९, मंगलवार १७:०६

काठमाडौं । गत आर्थिक बर्षको फागुण मसान्तमा २६६८.१२ रहेको नेप्से सूचकाङ्क २०७९ फागुन मसान्तमा १९५३.०६ कायम भएको छ ।चालु आर्थिक बर्ष २०७९ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब २३ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक बर्षको फागुन मसान्तमा बजार पुँजीकरण ३७ खर्ब ८२ अर्ब ७९ करोड रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ फागुन मसान्तमा सूचीकृत ७ अर्ब १२ करोड शेयरको चुक्ता मूल्यरु.७०१ अर्ब ९९ करोड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*