लाभांश पारित गर्दै विजय लघुवित्तको साधारण सभा सम्पन्न, चुक्तापुँजी ३८ करोड पुग्यो

२९ चैत्र २०७९, बुधबार १०:२४

काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चैत २८ गते विजय विकास स्रोत केन्द्र, गैडाकोट, ८ मा सम्पन्न भएको हो ।

सो सभाले आ.व. ०७८।०७९ को नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिसत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको गरि साथै चुक्ता पुँजी ३८ करोड ४० लाख रुपैयाँ पु¥याउने प्रस्ताव पारित गरेको छ ।

संस्थाका अध्यक्ष कपिलन्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७८/०७९ को संचालक समितिको प्रतिवेदन, २०७९ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व.२०७८।०७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७९÷०८० मा लेखा परिक्षण कार्य गर्नका लागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ ।

साधारण सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्तवित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको प्रतिवेदन स्वीकृत गर्दै दुई संस्था बीच शेयर आदान प्रदान अनुपात १ः१ (एक शेयर बरावर एक शेयर) लाई स्वीकृत स्वीकृति प्रदान गरेको छ ।

साधारण सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर गर्ने) कार्य सम्पन्न भए पश्चात हुने संस्थाको ठेगाना, अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना लगायत थप परिवर्तन हुने विषयमा प्रबन्धपत्र र नियमावलीमाकोे आवश्यक दफा, उपदफा तथा नियमहरू संशोधनको लागि समेत स्वीकृति प्रदान गरेको छ ।

उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त वार्षिक सधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन तथा मर्जरसँग सम्बन्धि प्रतिवेदनमाथि सेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले स्पष्ट पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*