नेप्सेमा दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२९ चैत्र २०७९, बुधबार १३:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । मोलुङ्ग हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज नेप्सेमा सूचीकृत भएको हो ।

मोलुङ्ग हाइड्रोपावरको आइपीओ ‘एमएचसीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख २५ हजार कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ६० रुपैयाँ ६२ पैसादेखि अधिकतम १८१ रुपैयाँ ८६ पैसा ओपनिङ्ग रेञ्ज पाउनेछ ।

त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीको आइपीओ ‘एसएमजेसी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ दरका कुल १ करोड १२ लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि १०९ रुपैयाँ १३ पैसादेखि ३२७ रुपैयाँ ३९ पैसा ओपनिङ्ग रेञज पाउने देखिएको छ । यी दुवै कम्पनीको शेयर भोलिदेखि नै कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*