मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
२९ चैत्र २०७९, बुधबार १३:५६

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको आइपीअो चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएसको मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्फत आइपीओ नतिजा हेर्न सकिनेछ ।
यी साइटबाट हेर्नुस रिजल्ट
1. http://www.mjshydropower.com.np/
2. https://www.prabhucapital.com/
3.https://meroshare.cdsc.com.np/#/login
4. https://iporesult.cdsc.com.np/












