शेयरबजारमा २९ अंकको गिरावट, सबै उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारि गिरावट आएको छ । अघिल्लो दिन एकाएक उछाल आएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ ।
नेपाल बैंकर्स संघले आगामी नयाँ वर्ष २०८० सालको लागि वाणिज्य बैंकहरुको ब्याजदर घटाएसँगै शेयरबजारमा बुधबार एकाएक हरियाली छाएको थियो । तर शेयरबजारको त्यौ रौनकता एक दिन पनि टिक्न सकेन । आज नेप्से इन्डेक्स २९ अंकले घट्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २७० कम्पनीको ४९ लाख १० हजार २६० कित्ता शेयर किनबेच हुँदा एक अर्बमाथिको कारोबार भएको छ । बुधबार नेप्से सूचक करिब सय अंकले बढ्न पुगेसँगै आज लगानीकर्ताहरुले नाफा बुक गर्दा शेयरबजारमा एक अर्ब ६५ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक आज विकास बैंक उपसूचक २.४८ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसूचक २.३३ प्रतिशतले घटेको छ ।












