धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीको छनोट कार्य सुरु प्रकृया अघि बढाईयो

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीको छनोट कार्य सुरु प्रकृया अघि बढेको छ।बोर्डले नियामावली अन्तर्गत आवेदन परे–नपरेको, आवश्यक विवरण र कागजात पुगे–नपुगेको, मापदण्डबमोजिम भए–नभएको छनोट कार्य सुरु गरेको हो ।
बोर्डको नियामावली अनुसार मापदण्डअनुरूप भए–नभएकको हेरेर लाइसेन्स वितरण गरिने स्रोतले जनाएको छ । सबै आवेदकले नियमावलीअनुरूप नै आवेदन दिएको हुँदा लाइसेन्स दिनुनपर्ने कुनै कारण देखिएको उनको भनाइ छ ।
ब्रोकर लाइसेन्सका लागि सरकारले गत २ असोजमा ३५ दिनको समय दिएर आवेदन खुला गरेको थियो । जसमा ४५ कम्पनीले ब्रोकर लाइसेन्सको मागसहित आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ वाणिज्य बैंकका सहायक कम्पनी छन् बैंकहरूमा हिमालयन बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, सानिमा बैंक, सन्राइज बैंक र सेन्चुरी कमर्सियल बैंक रहेका छन् ।
बैंकहरूले लाइसेन्स पाएसँगै पहिलोपटक बैंक तथा वित्तीय संस्थाले ब्रोकर लाइसेन्स पाउनेछन् ।
यसअघि कोटा प्रणालीबाट ब्रोकर लाइसेन्स दिँदै आएको बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स वितरण गरिएको थिएन । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई संशोधन गरेर धितोपत्र दलाल धितोपत्र व्यापारी, २०७९ जारी गरेसँगै चुक्ता पुँजी पुयाउने कम्पनीले लाइसेन्स पाउने भएका हुन् । बोर्डका अनुसार सेयर किनबेचको काम मात्र गर्ने ब्रोकरका लागि चुक्ता पुँजी २० करोड तोकिएको छ । २० करोड चुक्ता पुँजी भएका ४१ कम्पनीले आवेदन दिएका छन् ।
त्यसैगरी, मार्जिन कारोबार गर्ने, लगानी परामर्शको सेवा दिने, लगानी व्यवस्थापन गरिदिने र निक्षेप सदस्य (डिपी)को काम गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड रुपैयाँ तोकिएको छ । यसमा तीनवटा कम्पनी सेन्चुरी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र मेगा स्टक मार्केट्स रहेका छन् ।












